प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा गृहमन्त्रीको स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंहले स्वागत गरेका हुन ।
यो भ्रमणलाई भारतले औपचारीकता मात्र निभाएको तर महत्व नदिएको संकेत गरेको छ । यो भ्रमणलाई नेपालले जुन किसिमको चर्चा गरेको थियो त्यो सावित नहुने देखिएको छ ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्