ड्युटीमै रहेका एक हवल्दारको मृत्यु

काठमाडौं, फागुन १८ ।  बैतडीमा ड्युटीमै रहेका एक जना प्रहरी हवल्दारको बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका-२ सलेना प्रहरीचौकीमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरी रहेका हुन्। ड्युटीमै रहेका चौधरी एक्कासी बेहोस भएर ढलेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

चौधरीकाे उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। मृतक चौधरीको शव स्वास्थ्य केन्द्रमै रहेको उहाँले बताउनुभयाे ।

चौधरीकाे घरपरिवारलाई खबर गरिएको र उनीहरू पुगेपछि शव परीक्षण गरिने प्रहरी निरीक्षक खत्रीले बताउनुभयाे । घटनाकाे बारेमा थप अनुसन्धान पनि उहाँले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्