यू–१९ विश्व कप छनोट : नेपालको लगातार चौथो जित
काठमाडौं, फागुन १६ । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ।
मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । नेपालले मलेसियालाई १० विकेटले पराजित गर्यो । । यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनोट हुनेछ ।
१९ वर्षमुनिको विश्व कप आउँदो वर्ष श्रीलङ्कामा हुँदैछ । यो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्