आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, फागुन ८ ।  साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ कायम छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७०० रुपैयाँ कायम छ।

यता, सोमबार चाँदीको भाउपनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ९० रुपैयाँ कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्