सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, फागुन ५ ।  सुपरमाई हाइड्रोपावर कम्पनीको प्रारम्भिक निष्कासन (आईपीओ)बाँडफाँट भएको छ।

शुक्रबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।

सो आईपीओमा कुल १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिनएका थिए। सोमध्ये १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये ४१ हजार ५०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्