दुवै मृगौला फेल भएका शाहीमाथि बज्रपात, आमा छैन, बाबु मानसिक रोगी, श्रीमतीले छाडी
काठमाडौं । धादिङ्ग त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ स्थायी घर भएका ३२ वर्षीय कृष्ण शाही यतिखेर दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणको लागि आर्थिक जुटाउनको लागि चारै तिर भौतारी रहेका छन् ।
मृगौला रोगी कृष्ण शाहीले उपचारको लागि सबैसँग अपिल गरेका छन् । निदान अस्पताल पुलचोक ललितपुरमा डाईलसिस गरिरहेका शाहीले भने, ‘म मृगौला रोगबाट ग्रसित भएको तीन वर्ष भएको छ, आर्थिक स्थिति कमजोर भएको ३२ बर्षमै मृगौला रोगको सिकार भएको छु ।’
वैदेशिक रोजगारबाट फर्केका शाहिले आँखाबाट आँसु खसाल्दै भने, ‘मेरो आमा म १० वर्षको छँदा बित्नुभयो । विगत पाँच वर्षदेखि बाबा मानसिक रोगबाट पीडित हुनुहुन्छ, श्रीमतीले पनि छोडेर गई, म माथी बज्रपात आयो । बाबाको नाममा कुनै सम्पत्ति पनि छैन् । केही वर्ष पहिले रोजगारीको लागि दुवईमा पुगेको थिएँ त्यहाँबाट फर्किए लगत्तै म बिरामी परे, दुःखको कुरा बिदेशमा कमाएको पाँच लाख जति सम्पति मेरो जेठी श्रीमतीले लिएर भागिन ।’
उनले भने, ‘त्यसपछि म झनै बेसाहरा भएँ बाध्यता बस मैले दोस्रो बिवाह गरे । कान्छि श्रीमती दिलमाया मगर ‘शाही’ ले मृगौला दिन्छु भनेकी छन् । तर प्रत्यारोपण गर्ने हामीसँग रकमको चरम अभाव छ । उनले जीवन बचाई दिनुुहुन सबै सहयोगी हातहरुलाई आग्रह गरेका छन् । सबैले आ–आफ्नो तर्फबाट मेरो जीवन बचाउनको लागि महत्पूर्ण भूमिका खेलिदिनु हुन सविनय निवेदन गरेका छन् । उनले सहयोगी मनहरुका लागि लक्ष्मी बैंकमा कृष्ण शाहीको खाता नम्बर ००७२४२८३७०५ मा सक्दो रकम जम्मा गरिदिनु हुन अनुरोध गरेका छन् । उनले भने, “म बाँच्न चाहन्छु, मलाई बचाई दिनुहोस् ।”
उनले पूर्वमन्त्री एवम् एमाले नेता आनन्द पोखरेलले निःशुल्क उपचारको पहल गर्ने वचन दिएको स्मरण गर्दै भने, उहाँको बचन प्रति अभार प्रकट गरे । यसरी आफ्नो उपचारको लागि नेपाल सरकार, स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरुलाई विशेष धन्यवाद दिंदै मृगौला प्रत्यारोण गर्न र जीवन रक्षाका लागि गम्भिर बनि उपचारमा सहयोग गरिदिनुुहुन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्