गोंगबुमा लुटपाट र प्रहरीको गाडी आगजनीमा संलग्न नौजना पक्राउ

काठमाडौं, फागुन ३ । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने नौजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये नौजनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।

प्रहरी परिसरले पक्राउ परेका ती नौजना युवाहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

एसएसपी कार्कीले सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए।

 

 

प्रतिक्रिया दिनुहोस्