एसियन हाइड्रोको आइपीओ भर्ने समय थप

काठमाडौं, फागुन १ ।  एसियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन म्याद थप भएको छ।

हिजो (फागुन १ गते) सोमबार जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आइपीओ भर्ने म्याद १ दिन थप गरेको कम्पनीले जनाएको छ।

यसमा भोलि (फागुन ३ गते) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो।

यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो।

जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ।

प्रतिक्रिया दिनुहोस्