शुभम पावरको आईपीओ बाँडफाँट
काठमाडौं, माघ २७ । शुभम पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणका लागि माघ १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको थियो। सो शेयरमा कुल १२ लाख ७५ हजार ४२१ जनाले १ करोड ३८ लाख ४७ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये ३ हजार ५८७ आवेदन रद्द भएका छ भने बाँकी १२ लाख ७१ हजार ८३४ आवेदन स्वीकृत भएका छन्।
स्वीकृत आवेदकमध्ये ४८ हजार १८८ जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ। सोमध्ये पनि भाग्यमानी २ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्