नेपाल सेवा लघुवित्तको एक करोड ८० लाखको आईपिओ आउने
काठमाडाैँ । नेपाल सेवा लघुवित्त (NSLBSL) ले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्नेछ । लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ जारी गर्ने भएको हो ।
संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरि ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्न लागेको हो । साधारण सेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । २०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्