टर्कीका गोलकिपरको भूकम्पमा परि मृत्यु
काठमाडौँ , माघ २५ । टर्कीको भूकम्पमा परि गोलकिपर अहमेत इयुप टुर्कासलानको मृत्यु भएको छ ।
सोमबार टर्कीमा आएको ७।८ रेक्टर स्केलको भूकम्पमा परि अहमेतको मृत्यु भएको उनको क्लब यनी मालातयासपोरले जानकारी दिएको छ ।
क्लबले भूकम्पमा परेर आफ्ना गोलकिपर अहमेतको मृत्यु भएको जानकारी दिएको हो ।
२८ बर्षिय अहमेतले यनीका लागि ६ खेल खेलेका थिए ।
यस अघि टर्कीको भूकम्पमा परेर घानाका पुर्ब खेलाडी क्रिस्टियन अत्सु बेपत्ता भएका थिए । तर उनलाई उनकै घरमा पुरिएको अवस्थामा घाइते उद्धार गरिएको थियो । उनको हाल उपचार भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्