आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौँ , माघ २४ ।  साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार ३२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्