कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि..

काठमाडौं ।  कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यसका लागि सोही कार्यालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित समितिले कार्य शुरु गरेको खबर आज प्रकाशित एक दैनिक पत्रिकामा छापिएको छ ।

उनले भने, एउटै कर्मचारी धेरैपटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि कडाई गर्न लागेका हौं ।

सो समितिलाई १५ दिने म्याद दिइएको छ ।   समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाउने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्