६ बर्षमा ६ प्रधानमन्त्रीको भारत भ्रमण: तर समस्या जहाँको त्यहीँ

काठमाडौं ।  पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन ।

यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने पाउन सकेका छैनन् ।

पछिल्लो अनुमानित आँकडाअनुसार भारतले क्षतिपूर्तिवापत नेपाली किसान तथा सीमा क्षेत्रका वासिन्दालाई करिब ३ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने सिँचाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

२०६८ सालयता ६ जना प्रधानमन्त्री क्रमशः  बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र चैत २३ गते पुनः ओलीसहित ६ पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुँदा पनि डुवानसम्बन्धी क्षतिपूर्तिको विषय उठाए पनि यसको सम्बोधन भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्