राष्ट्रिसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं , माघ २२ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदावरी नदिने निर्णय गरेको छ।

आइतबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने भएको हो ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल उम्मेदवरी दिने भएकी छन्।  राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्