सन्दीपलाई धरौटीमा छोड्ने निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, माघ २० । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको हो ।

आज ९शुक्रबार० भएको सुनुवाईमा सर्वोच्चले कागजात माग गरेको हो । सर्वोच्चले मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो ।

गत पुस २८ गते उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्