नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

काठमाडौं, माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पुष्टि गरे।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।

अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्