तराईमा हुस्सु र कुहिरो,अन्य क्षेत्रमा सामान्यतया मौसम सफा

काठमाडौं, माघ १९ ।  हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्