९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ
काठमाडौं , माघ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका ३५ वर्षीय मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित नियन्त्रणमा लिइएको हो ।
महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन् । उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेको बताइएको छ ।
महगौबबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्