एन आई बि एल एस क्यापिटलको एकैसाथ ३ नयाँ शाखा बिस्तार
काठमाडौं । एन आई बि एल एस क्यापिटल लिमिटेडले एकैसाथ वीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दाबढी हितग्राहीखाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्यनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जानेछ । यस कम्पनीले हाल दिइरहेको सेवाहरु नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा शाखाबाट उपलव्ध भईरहेकोमा हाल विस्तारित नयाँ शाखाहरुबाट समेत निष्काशन तथा बिक्रीप्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु थप व्यवस्थित हुने विश्वास लिईएको छ ।
प्रतिक्रिया दिनुहोस्