दुर्इ बाणिज्य बैंक सहित ५ कम्पनीको सेयर सूचीकृत, कसको कति शेयर सूचीकृत भयो त?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नेपाल बंगलादेश बैंक, सिटिजन्स् बैंक इन्टरनेशनल सहित ज्योति विकास बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस तथा हकप्रद सूचीकृत भएको छ । पाँच वटै कम्पनीको गरि कूल दुर्इ करोड ३७ लाख ९९ हजार ३२४ दशमलव ४३ कित्ता बोनस तथा हकप्रद सूचीकरण भएका छन् ।

मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको एक करोड ११ लाख १५ हजार ४६७ कित्ता बोनस सेयर नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार ५०७ कित्ता बोनस तथा एक हजार ५५४ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ ।
ज्योति विकास बैंकको २३ लाख दुर्इ हजार ८७२ दशमलव ४३ कित्ता बोनस, सहयोगि विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता बोनस तथा स्वावलम्बन लघुवित्तको ८ लाख ४१ हजार ४७७ कित्ता बोनस सेयर पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्