ब्राउन सुगरसहित ९ जना पक्राउ

काठमाडौं, माघ १६ । सिरहा प्रहरीले नवराजपुर गाउँपालिका ९२ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ।

सोही ठाउँका ओमप्रकाश यादवको घरमा छापा मारेर प्रहरीले ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओमप्रकाश यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका ९१२ का ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका ९५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका ९१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका९ १२ अर्नाहाका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भूनाथ नगरपालिकाका९ २२ वर्षीय सुरेश कुमार पासमान छन्।

पक्राउ परेकाको साथबाट डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्