हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक , आजै अन्त्येष्टि गरिने

काठगमाडौं । वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्