स्याङ्जामा हेलिकप्टर पाइलट कुट्ने ६ जना पक्राउ

काठमाडौं, माघ १० । स्याङ्जाको वालिङमा हेलिकप्टर पाइलटलाई कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माघ ५ गते पाइलटलाई कुटपिट गर्ने याम बहादुर गुरूङ र सुरेश श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको हो।

५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका ८ स्थित मालेबगर खेल मैदानमा फुटवल भइरहेको अवस्थामा प्रभु एयरको हेलिकप्ट ल्याण्ड गरेको थियो।

हेलिकप्टर लिएर पुगेका अपरेटर डिरेक्टर र क्याप्टेनको रूपमा कार्यरत वर्ष ५० वर्षीय रानेश डंगोलमाथि पनि कुटपिट भएको थियो।

पोखराबाट वालिङ्मा उडान गरी अवतरण गर्ने क्रममा हेलिकप्टरमा सवार रहेका बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम बहादुर रानाले चालकलाई खेल चलिरहेको अवस्थामा जबरजस्ती खेल मैदानमा नै हेलिकप्टर ल्याण्ड गर्न लगाएका थिए।

हेलिकप्टर ल्याण्ड भए पश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाइलट रानेश डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए।

सोमबार पक्राउ परेका ६ जनाविरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्