कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिएर अघि बढ्ने

काठमाडौं , माघ ९ ।  नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो’, कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले भने, ‘उम्मेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उम्मेदवारी भने दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्