सुर्खेतको चिङ्गाड गाँउपालिका तरुण दलको अध्यक्षमा रेग्मी,नेतृत्व कुसल रुपमा निर्वाह गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेस निकट युवाहरुको भातृ संगठन नेपाल तरुण दल जिल्ला समिति सुर्खेतले संगठन विस्तारलाई तीव्रता दिएको छ । समितिले जिल्लाका नौं स्थानीय तहमा नयाँ कमिटी विस्तार थालेको छ ।
सोहीक्रममा समितिको चैत्र ५ गते बसेको जिल्ला कार्य समितिको बैठकले चिङ्गाड गाँउपालिका तरुण दलको अध्यक्षमा दुर्गप्रसाद रेग्मीलाई चयन गरेको छ ।
समितिको अर्को निर्णय जिल्ला अधिवेशन नहुन्जेलसम्मका लागि रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।
आईतबारदेखि तरुण दल चिंगाड अध्यक्षको जिम्मेवारी सम्हालेका रेग्मीले संगठनको नेतृत्व कुसल रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्