कालिका पावर कम्पनीले आईपिओ जारी गर्ने

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गोरखा जिल्लाका लागि ६ करोडको तथा त्यस पछि सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको आईपिओ जारी गर्ने तयारी गरेको हो ।

पावर कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ६ लाख कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसंग अनुमती मागेको छ ।

आईपिओ जारी गर्न इक्रा रेटिङ गराएको कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना निर्माण गरेको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।
सेयर जारीपछि कम्पनकिो चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्