२ लाख सार्वजनिक यातायात करको दायरामा

काठमाडौं  । देशभर सञ्चालनमा रहेका करिब २ लाख सार्वजनिक सवारीसाधन करको दायरामा ल्याइएको छ । यसअघि संस्था दर्ता एने २०३४ अन्तर्गत दर्ता भएका यातायात समितिहरुले राज्यलाई व्यवसायिको एक पैसा पनि कर तिर्ने गरेका थिएनन् ।

आइतबारदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले जारी गरेको नयाँ निर्देशिकाअनुसार सार्वजनिक सवारी सञ्चालकहरुले अनिवार्य रुपमा पञ्जीकरण गर्नुपर्ने भएको छ ।

सार्वजनिक सवारीले आफ्नो व्यवसाय सञ्चालन गरेबापत राजयलाई कर तिर्ने गरेका थिएनन् । अब सार्वजनिक प्रयोजकमा सञ्चालन हुने सवारीसाधन अनिवार्य रुपमा पञ्जीकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्