इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २८ पुस । इमर्जिङ्ग नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८÷७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८÷७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्