खानेपानी मन्त्री विना मगरलाई गृहजिल्लामा २१ किलोको माला

काठमाडौं । खानेपानी मन्त्री विना मगरलाई गृहजिल्लामा २१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ ।
गृहजिल्ला भ्रमणमा रहेकी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको मालाले स्वागत गरेको हो ।
२१ बुँदे मागसहित नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन् ।
कार्यक्रममा स्थानीय मतदाताकै समर्थनले सिंहदरबारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताएकी छन् ।

२१ किलोको मालाले आफुलाई थप जिम्मेवारीबोध गराएको बताईन। नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ ।
यस्तै नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग नगरपालिकाले गरेको छ ।
यो सँगै द्वन्द्वका क्रममा सरकार र विद्रोही दुबै पक्षबाट पीडित भएका शहीद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्