विश्वासको मतबारे कांग्रेस अझै अनिर्णीत,  बोलाइयो कार्यसम्पादनको बैठक 

काठमाडौं, २६ पुस ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । अहिले बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकबाट सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गरिनेछ । त्यसपछि ल्होत्से हलमै कांग्रेस संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले विश्वासको मतबारे आधिकारिक निर्णय गर्ने उनले बताए ।

विश्वासको मत दिने/नदिनेबारे आजै सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्