बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा

काठमाडौं, पुस २४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन्।

सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डु बीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दैे यस्तो कुरा बताएका हुन्।

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको जानकारी दिए। उनले तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताए। वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको उनले जानकारी दिए। उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए। उनले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यक्ता भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्