अमेरिकाबाट करोडौं भित्र्याउने पृथ्वी शाहसहित ६ जना पक्राउ

काठमाडौं , पुस २२ ।  अमेरिकाबाट अवैध रुपमा विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ ।

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिएका छन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने काममा तत्कालीन मन्त्री शर्मा पनि विवादमा जोडिएका थिए ।

त्यसबेला मन्त्री शर्माले अछामका शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर घुस मागेको सूचना पाएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्