स्वदेशी लघुवित्तको १५ प्रतिशत बोनस लगतै शतप्रतिशत हकप्रद

काठमाडौं । स्वदेशी लघुवित्तले आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । संचालक समितिको शुक्रबार बसेको बैठकले १५ प्रतिशत बोनस पछि हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल वित्तीय संस्थाको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख पुग्नेछ । त्यसपश्चात हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्