सुनको मूल्य यो वर्षकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस १९ । सुनको मूल्यले आज यो वर्षकै उच्च मूल्य कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ निर्धारण भएको हो ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला नौ सय रुपैयाँ बढेको हो ।

यसअघि वैशाख पाँच गते प्रतितोला एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।त्यस्तै २०७७ भदौ तीन गते एक लाख चार सय रूपैयाँ प्रतितोला मूल्य कायम भएको थियो ।

चाँदीको मूल्यपनि प्रति तोला दश रुपैयाँले बढेर एक हजार चार सय दश रुपैयाँ कायम भएको छ । सोमवार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन प्रतिऔंस एक हजार आठ सय ४० दशमलब २५ डलर कायम भएको छ । चाँदी भने प्रतिऔंस २४ दशमलम ३८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्