सूर्योदय लघुवित्तले पनि प्रस्ताव गर्यो लाभांश

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गनें घोषणा गरेको छ । संस्थाले १९ प्रतिशत बोनस सेयर तथा एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल वित्तीय संस्थाको चुक्तापूँजी ४ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्तापूँजी ४ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्