रुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त मर्ज हुने

काठमाडौं, १२ पुस । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्ज हुने भएको छ ।
यसको लागि दुवै कम्पनीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं। ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त एक आपसमा मर्ज हुन लागेको हो । मर्ज हुन पुस ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यसका लागि नेपाल राष्ट्रबैंकमा अनुमती पछि प्रक्रिया अगाडि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्