नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय
काठमाडौ), ११ पुस । दलीय सहमती भएपश्चात सरकार गठन प्रक्रिया अगाडि बढेको छ । आजै दिउँसो प्रधानमन्त्री पुप कमल दाहाल प्रचण्डलाई राष्ट्रपतिद्वारा सपथ ग्रहण गरेपश्चात मुलुकले नयाँ नेतृत्व पाउने छ । यसै सिलसिलामा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।
सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले बताए।‘पदाधिकारी बैठकले गरेको यो निर्णय सत्ता गठबन्धनको बैठकमा पनि पेश हुनेछ,’ उनले भने।
प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन्। आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी छ। १ सय ६९ सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्