१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन शितल निवासतर्फ

काठमाडौं, १० पुस । एमालेसहितका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरू शितल निवासतर्फ गइरहेको बताएका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।

‘१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न हामी शितल निवासमा जाँदैछौं,’ उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ।’

सरकार गठनपछि अरू विषयमा छलफल गर्ने उनले जानकारी दिए । राष्ट्रपति विद्यादृवि भण्डारीले एक हप्ताकाृ मिति दिएकोमा आज ५ बजे समय सिमा सकिंदैछ । त्यसैले आज सरकार गठनको दावीसहित नेताहरु राट्रपति निवास वालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्