सेन्ट्रल फाईनान्सको हकप्रद बाँडफाँड, झण्डै ११ लाख कित्ता लिलामीमा आउने

काठमाडाै। सेन्ट्रल फाईनान्स (CFCL) को ५० प्रतिशत हकप्रदमा अवितरित १० लाख ८८ हजार १७८ कित्ता सेयर लिलामीमा आउने भएको छ । फाइनान्सले पुस २३ देखि फागुन १३ गतेसम्म २६ लाख ३ हजार ३१४ कित्ता हकप्रद निष्काशन गर्दा संस्थापक र साधारण गरि सो परिमाणमा सेयर बिक्री नभएपछि लिलामीमा ल्याउने भएको हो ।

हकप्रदमा अवितरित सेयरको लिलामी मिति सार्वजनिक सूचना जारी गरेर पछि जानकारी गराउने फाइनान्सले जनाएको छ । फाइनान्सले आफ्नो हकभन्दा बढी सेयर माग गरि दरखास्त दिने सेयरधनीको बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम चैत्र १८ गतेदेखि हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट भूक्तानी गर्ने भएको छ ।

फाइनान्स कम्पनीको चैत १३ गते सम्पन्न सञ्चालक समितिले  रितिपूर्वक आवेदन दिने ९ हजार १९५ जना आवेदकलाई १५ लाख १५ हजार १३६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । फाइनान्सको हकप्रद सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्