विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ
काठमाडौं, पुस ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् ।
शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् ।
२७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् । पाण्डेले सुन तस्करीको विषयमा अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्