सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

काठमाडाै। काठमाडौंमा आज भूपू सैनिकको भेलाको आयोजना गरिएको छ । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक आयोजना भएको भेलामा करिब १८ हजारभन्दा बढीको सहभागिता रहने छ ।

उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७ सय भूपू सैनिक टुँडिखेलमा भेला हुन लागेको नेपाली सेनाले जनाएको छ । २०७३ माघ २१ गते धनगढीबाट शुरु भएको सम्मेलनको आज टुँडिखेलमा समापन हुने छ । नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् । विगत द्वन्द्वको समयमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको थियो ।

सम्मेलनका क्रममा पूर्व सैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्