तापक्रम क्रमिक रूपमा घट्दै, कस्तो छ आजको मौसम?

काठमाडौं, पुस ५ ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराइका थोरै भू–भागमा हुसु/ कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १ का पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्