अर्जेन्टिनाले विश्वकप जितेपछि पुटिनले दिए अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजलाई बधाई

काठमाडौं , पुस ४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अर्जेन्टिनाका समकक्षी अल्बर्टो फर्नान्डेजलाई फोन गरी २०२२ फिफा विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टोलीको जितमा बधाई दिएको पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बताएका छन्।

‘भ्लादिमिर पुटिनले भर्खरै अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजसँग फोनमा कुरा गरेका छन् र अर्जेन्टिनाले फिफा विश्वकप जितेकोमा हार्दिक बधाई दिएका छन्’ उनले भने।

फ्रान्सलाई पेनाल्टी किकमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। निर्धारित समय र थप गरिएको समयमा ३(३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाका लागि लियोनल मेस्सी २३औं र १०८औँ मिनेटमा र एन्जल डि मारियाले ३६औँ मिनेटमा तथा फ्रान्सका लागि केलियन एमबाप्पेले ८०औं, ८१औं, ११८औँ मिनेटमा गोल गरेका थिए। अन्तिममा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–२ गोलको जित निकाल्यो।तास

प्रतिक्रिया दिनुहोस्