समृद्धि फाइनान्स र ए टु जेड अनलाइनबजार बिच सम्झौता

काठमाडौं, मंसिर २९ । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच सम्झौता भएको छ ।

यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० सम्मछुट दिने भएको छ ।

सम्झौता पत्रमा समृद्धिफाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडीर ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत बिकाश भण्डारीले हस्ताक्षर गरेका छन् ।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंग, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डकोइ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० छुट हुने संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत श्रीसुरज कुमार सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्