प्रभु क्यापिटलको फ्री डिम्याट न्यानो स्पेसियल अफर सञ्चालन

काठमाडौं, मंसिर २८ । प्रभु क्यापिटलले फ्री डिम्याट न्यानो स्पेसियल अफर सञ्चालन गरेको छ।

कम्पनीले ग्राहकहरुको लागि ‘हेलि राइडको सफर’ विथ प्रभु क्यापिटलको न्यानो स्पेसियल अफर नारामा निःशुल्क डिम्याट स्किम ल्याएको हो।

यो योजना यही पुस १ बाट आगामी चैत ३० सम्म लागू हुने क्यापिटलले जनाएको छ। यसमा ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन्।

योजना अवधिभर खाता खोल्ने ग्राहकलाई अतिरिक्त सुविधा पनि दिइएको छ जसमा लट्रीबाट १० जना भाग्यशाली विजेताको छनौट गरिनेछ।

जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइँकुण्ड हेलि राइड जित्नेछन्।

प्रतिक्रिया दिनुहोस्