अनलाइन जुवा खेल्ने, सट्टेबाजी गर्नेको बैंक खाता रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं, मंसिर २८ । नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा खेल्ने र सट्टेबाजी नगर्न सूचित गरेको छ ।

राष्ट्र बैंकले सूचना निकालेर जुवा खेल्ने र सट्टेबाजी गर्ने काम गैरकानुनी भएको बताउँदै यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने जनाएको छ ।

साथै यस्ता कार्यमा संलग्न हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार रोक्का हुने राष्ट्र बै‌कले चेतावनी दिएको छ ।

अहिले विश्व कप फुटबल चलिरहेकाले कतिपयले विद्युतीय भुक्तानीका माध्यमबाट बाजी राख्ने गरेको पाइएपछि राष्ट्र बैंकले सूचित गराएको हो ।

प्रतिक्रिया दिनुहोस्