अर्थमन्त्री शर्मा भन्छन् – निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन
काठमाडौं, मंसिर २८ । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक विकासको एउटा पांग्रा भएको बताएका छन् ।
आज (बुधबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छैटौं महासभामा बोल्दै मन्त्री शर्माले निजी क्षेत्रलाई निरास नहुन आग्रह गरेका छन् ।
‘निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन । आर्थिक विकासमा हामी सबै एक ठाउँमा हुनुपर्छ । नीतिगत सुधार के गर्नुछ, त्यो गर्दै जानुपर्छ’, उनले थपे, ‘निजी क्षेत्र आर्थिक विकासको सहयात्री हो । तपाईंहरू निरास नहुनुस् । सरकारकै अंगको रूपमा तपाईंहरू हुनुहुन्छ ।’
उनले उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको भन्दै यसतर्फ निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्