महासंघका स्व.गौचन गौचनलाई शहिद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका स्व.अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।

गौचनलाई काठमाडौंको बानेश्वर शान्ति खरीबोटमा अज्ञात समूहले २३ असोजमा छातीमा तीनवटा गोली हानेर गौचनको हत्या गरेको थियो । प्रहरीले हालसम्म पनि गौचनको हत्यामा संलग्नलाई पहिचान गरि पक्रन सकेको छैन । सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेका थिए । गौचनको बिहीबार अन्त्येष्टि गरिएको छ ।

गौचनको हत्याप्रति निर्माण व्यवसायी महासंघका साथै नीजि क्षेत्र पनि आन्दोलित भएकोछ । यो घटनाको चौतर्फि विरोध र भर्तसना भएकोछ ।

प्रतिक्रिया दिनुहोस्