एशियन लाईफले थप्यो हकप्रद भर्ने म्याद

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने समय १४ दिन थपेर ०७५ बैशाख २ गतेसम्म पुर्याइएको छ । हकप्रदमा आवेदन गर्ने समय यसअघि चैत १८ गतेसम्म रहेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको सेयरमा दुई बराबर एकको अनुपातमा आवेदन गर्न सकिने छ । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् ।
हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्